१२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०९-२३
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-१ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड -१ का ४० बर्षीय अजय राजवंशीलाई १२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका राजवंशीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।