प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा पाँच महिनाको कार्य सम्पादन समिक्षा
२०८२-०९-२०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा पाँच महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । पुस २० गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि मंसिर महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो भने प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो ।
v समिक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ ।
v आसन्न निर्वाचन लक्षित सुरक्षायोजना बनाई कार्यान्वयन गर्ने, जनमानसमा भ्रम पैदा गर्ने वा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि गर्न सक्ने व्यक्ति वा समुहरुलाई निगरानी गरी आक्रमकरुपमा प्रहरी कारवाही गर्न र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।