लागू औषध सहित ६ जना पक्राउ
२०८२-०९-१९
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । पुस १८ गते बिशेष सुचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोहि स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका- १ का संजय लिम्बु र अर्जुनधारा- ६ का लेखराज गुरुङलाई ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- १८ बाट इलाका प्रहरी कार्यालय धरानले ट्रामाडोल र स्पास्मो गरि जम्मा ९०० पिस सहित धरान- १० का युवराज कार्कीलाई र धरान- १३ बाट डाइजोपाम १८ एम्पुल सहित सोहि स्थानका सानु सुनुवारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।