प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ
२०८२-०९-१७
- A
- A-
- A+
मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन । पुस १६ गते चेकजाँचको क्रममा मोरङको प्रहरी चौकी गछियाले सुन्दरहरैँचा-६ का आशिस चौधरी र ललितपुरका शुसान्त कटवाललाई ३ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी १६ ट्यावलेट सहित र सुन्दरहरैँचा-५ का रबिन थारुलाई ७९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरले धरान -१४ का सन्देश तामाङ र निशान भुजेललाई प्रतिबन्धित औषधी २३२ क्याप्सुल सहित र जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा-३ का चक्र गौतमलाई प्रतिबन्धित औषधी १५ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसै गरी धनकुटाको इलाका प्रहरी कार्यलय भेडेटारले भारतका मोजाहिद मियालाई ५ किलोग्राम २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने १०४ किलोग्राम गाँजा बेवारिसे फेला पारेको छ ।