१०१ ग्राम लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०९-१६
- A
- A-
- A+
१०१ ग्राम लागू
औषध ब्राउन सुगर सहित १ जना पक्राउ
मोरङ, पुस १५ गते ।
१०१ ग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई मोरङको विराटनगर महानगरपालिका-११ बसपार्क स्थितबाट प्रहरीले पक्राउ गरेको छ । पुस १५ गते वडा प्रहरी कार्यालय विराटनगर र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१० का ३० वर्षिय पप्पु रामलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ सय १ ग्राम लागू औषध ब्राउन सुगर फेलापरे संगै पप्पु रामलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरले जहदा गाँउपालिका- १ कुलरिया स्थित परालको कुन्युमा बेवारिसे अवस्थामा राखेको ६० किलोग्राम लागु औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ ।