लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०९-१५
- A
- A-
- A+
झापाको मेचिनगर नगरपालिका-१० धुलाबारी चौक स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १४ गते इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका रुपेन राजबंशीलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भई रहेको छ ।