कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ
२०८२-०९-१४
कोशी प्रदेश प्रहरी कार्यालय विराटनागरको प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई १६ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का ६१ बर्षीय मेघ बहादुर तामाङ रहेका छन् । कर्तव्य ज्यान मुद्दामा सम्मानित धनकुटा जिल्ला अदालतको मिति २०६६ साल जेष्ठ २३ गते को फैसला अनुसार १० वर्ष कैद रहि फरार भएका तामाङलाई खोजतलास गर्ने क्रममा मोरङको केराबारी गाउँपालिका-६ स्थितमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पुस १३ गते उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कैद भुक्तानको लागि धनकुटा कारागार पठाईएको छ ।