३३० किलोग्राम लागू औषध गाँजा सहित २ जना भारतीय हवाई फायरद्वारा नियन्त्रणमा
२०८२-०९-१३
- A
- A-
- A+
मोरङको जहदा गाउँपालिका-२ स्थितबाट ३३० किलोग्राम लागू औषध गाँजा सहित २ जना भारतीय नागरिकलाई प्रहरीले हवाई फायरद्वारा नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १२ गते राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजाको बोरा बोकेर भारत तर्फ जाँदै गरेका भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई रोक्न खोज्दा बोरा फ्याकेर भागेका उनिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले १ राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।