प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
२०८२-०९-१२
- A
- A-
- A+
प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
विराटनगर, पुस १२ गते ।
मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका - ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल- ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर - २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर -१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा - ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का प्रकाश रोक्का र झापाको मेचीनगर - ९ का अतिप लिम्वुलाई प्रतिबन्धीत औषधी ट्रामोल-१५३ पिस र स्पासपेन-१६३ पिस सहित र छथरजोरपाटी - ३ स्थितबाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल-८० पिस र स्पासपेन-१०४ पिस सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।