जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण
२०८२-०९-०९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस ०९ गते भएको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशन सम्बोधनको क्रममा दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र विभागीय नीति निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी त्रुटि रहित तवरले पुरा गर्न निर्देशन दिनु भएको छ । यसैगरी आम नागरिकसंग सभ्य शिष्ट व्यवहारका साथ सेवाग्राहीको समस्या ,पिरमार्का र गुनासोलाई छिटो, निष्पक्ष र पारदर्शी रुपमा समाधान गर्दै आगमी दिनमा अझ नागरिक मैत्री एवं प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका लागि आम नागरीकमा प्रहरी सेवाको पहुँच पुर्याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी त्रुटि रहित तवरले सम्पादन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादित विविध गतिविधिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।