लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०९-०९
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०८ गते सुनसरीको इटहरी-४ स्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका टिका राईलाई ४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१६ बाट उर्लाबारी- ७ का कृष्ण कटुवाल र झापाको दमक-१० का टाइसन लिम्बुलाई १ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।