नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
सुनसरीको बराहक्षेत्र नगरपालिका- ११ बुधबारे स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०७ गते प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका- ८ का अभिषेक आछामी र रबिन सार्कीलाई ट्रामाडोल ६०० क्याप्सुल, स्पास्पेन २५० ट्याब्लेट र Kaf-D २० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।