लागू औषध सहित ७ जना पक्राउ
२०८२-०९-०५
- A
- A-
- A+
सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ४ गते सुनसरीको धरान-१६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधी ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्यासुल सहित बेचबिखानमा संलग्न सोहि स्थानका सबिन राई, सौरव राई, सुजन राई, धरान-११ का अस्बिन लिम्बु र धरान- १७ का संजय खड्कालाई नियन्त्रणमा लिएको हो । त्यस्तै इटहरी- ५ बाट अस्थायी प्रहरी चौकी जनताबस्तीले इटहरी-१६ का धिरेन्द्र कुमार चौधरीलाई ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले त्रियुगा नगरपालिका-७ का रेमन मग्रातीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित बेलका- ९ बाट पक्राउ गरेको छ भने बेलका नगरपालिका- ८ डुम्रिबोटे स्थित सप्तकोशी नदिको किनारबाट २ वटा रबरको ट्युमा हरियो प्लाष्टिकमा पोका पारी लोड गरिएको अवस्थामा बेवारिसे लागू औषध गाँजा (६ बोरा) २ सय ५ किलो ६ सय ६५ ग्राम फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।