प्रतिबन्धित लागू औषधी सहित २ जना पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले धरान-५ स्थितमा चेकजाँचको क्रममा सोही स्थानका समिर राईलाई लागू औषधी डिकोलिक र स्पास्पेन गरी जम्मा ८ हजार २ सय ४७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट जोरसंखुवाले धरान-१६ का संजय तामाङलाई ट्रामाडोल १६७ ट्याब्लेट र स्पासपेन ५७२ क्यासुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।