लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय दमकले दमक- ६ का बिर बहादुर पौडेललाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित र कन्काई नगरपालिका-६ का गोपाल राजबंशीलाई १७० मिलिग्राम ब्राउन सुगर सहित अस्थायी प्रहरी पोष्ट दुर्गापुरले पक्राउ गरेको छ । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का बिशाल राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।