प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन ।
२०८२-०८-२९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई त्रुटी रहित तवरले कार्य गर्न साथै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा वहाँले आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र खुल्ला सिमा नाका भएको झापा जिल्लामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न कुनै पनी प्रकारको आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । सोही क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको समेत निरीक्षण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख घिमिरेलाई झापा जिल्लाको समग्र शान्ती सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।