प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०८-२८
- A
- A-
- A+
प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
विराटनगर, मंसिर २८ गते ।
झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-५ का रण बहादुर मगरलाई २ ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका-२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१३ का ससिकान्त चौधरीलाई ३ ग्राम ३५ मिलिग्राम त्रियुगा-४ का दाबेन्द्र मगर र त्रियुगा-९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट उदयपुरको बेलका नगरपालिका-९ का कमलेश बस्नेतलाई ७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय धरानले धरान-१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी ट्रमाडोल २३० चक्की र स्पासपेन २० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।