३३० किलोग्राम गाँजा बरामद
२०८२-०८-२७
- A
- A-
- A+
सुनसरीको धरान- २० कालीखोला किनार स्थितबाट ३ सय ३० किलोग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-२० स्थित कालीखोला किनारमा ११ वटा बोरामा प्याक गरेर राखेको ३ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजि कार्य भईरहेको छ ।