वेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद
२०८२-०८-२५
- A
- A-
- A+
मोरङको रंगेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २४ गते राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो । वेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।