जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०८२-०८-२२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २२ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले प्रदेशको राजधानी समेत रहेको मोरङ जिल्लामा प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्रे नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी जिल्लाका बिभिन्न एरिया इलाकाहरुमा लामो तथा छोटो दुरिको गस्ति परिचालन गरी नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा चेतनाको कमिबाट हुने घटना दुर्घटनालाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङ जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाको समेत उपस्थिति रहेको थियो ।