६७८ किलोग्राम गाँजा बोकेको ट्रक सहित २ जना पक्राउ
२०८२-०८-२२
- A
- A-
- A+
मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट ६७८ किलोग्राम लागू औषध गाँजा बोकेको ट्रक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । गँजा बरामद भए संगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका- १ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।