प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१
- A
- A-
- A+
सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।