स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ
२०८२-०८-१८
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१८ का रवि शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैँया सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।