सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
२०८२-०८-१७
- A
- A-
- A+
सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले नागरिक सहायता कक्ष, प्रशासन शाखा, अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरुको भ्रमण अवलोकन गराउनु भएको थियो ।
अवलोकन भ्रमणको क्रममा प्रहरी उपरीक्षक तिम्सिनाले अधिकृत
प्रशिक्षार्थीहरुलाई प्रहरीले सम्पादन गर्ने दैनिक काम कारवाही, अपराधको तथ्याङ्क,
अपराध नियन्त्रणमा प्रहरी, फरार प्रतिवादी पक्राउ, लागू औषध नियन्त्रण, अन्य
सुरक्षा निकायसंगको समन्वय र सहकार्य, जेन्जी आन्दोलन पश्चातका सुरक्षा चुनौती,
आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन लगायतका बिषयमा अवगत गराउनु भएको थियो भने
प्रशिक्षार्थी अधिकृतहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । अवलोकन
भ्रमणको कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ
उपरीक्षक दिपक पोखरेल, सैनिक तथा स्टाफ कलेज काठमाण्डौका प्रमुख सेनानी सुवास
चन्द्र महत लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो