पाँचथरका स्थानिय बासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०८-१७
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथआ अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा भएको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो ।
वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीय सरकारको सदैव साथ र सहयोग रहने बताउनु भयो ।
उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिक्षक,नागरिक समाज, संचारकर्मी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।