प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले  शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।


सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

पाँचथरका स्थानिय बासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०८-१७

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथआ अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा भएको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीय सरकारको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिक्षक,नागरिक समाज, संचारकर्मी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।