प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा  थप अनुसन्धान भईरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
२०८२-०८-१७

सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले नागरिक सहायता कक्ष, प्रशासन शाखा, अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरुको भ्रमण अवलोकन गराउनु भएको थियो । अवलोकन भ्रमणको क्रममा प्रहरी उपरीक्षक तिम्सिनाले अधिकृत प्रशिक्षार्थीहरुलाई प्रहरीले सम्पादन गर्ने दैनिक काम कारवाही, अपराधको तथ्याङ्क, अपराध नियन्त्रणमा प्रहरी, फरार प्रतिवादी पक्राउ, लागू औषध नियन्त्रण, अन्य सुरक्षा निकायसंगको समन्वय र सहकार्य, जेन्जी आन्दोलन पश्चातका सुरक्षा चुनौती, आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन लगायतका बिषयमा अवगत गराउनु भएको थियो भने प्रशिक्षार्थी अधिकृतहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । अवलोकन भ्रमणको कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, सैनिक तथा स्टाफ कलेज काठमाण्डौका प्रमुख सेनानी सुवास चन्द्र महत लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो

पाँचथरका स्थानिय बासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०८-१७

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथआ अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा भएको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीय सरकारको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिक्षक,नागरिक समाज, संचारकर्मी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०८-१७

सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले  शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।