जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण
२०८२-०८-१६
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले जाहाँ प्रहरी हुन्छ त्याहा राज्यको उपस्थिति हुन्छ, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ, त्यसैले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका लागी आम नागरीकमा प्रहरी सेवाको पहुँच पुर्याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । साथै वहाँले दुर दराजमा रहेका जिल्लाहरुको ग्रमिण भेगहरुमा गएर सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । वहाँले सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ सङ्गठनको गरिमा सदैव उच्च राख्न तथा प्रशंसनिय कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न र संगठनको छविमा आँच आउने प्रकारको कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।
निर्देशनकै क्रममा वँहाले आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा धार्मिक तथा पर्यटकिय ताप्लेजुङ जिल्लामा पाथीभरा माताको दर्शन गर्न देश तथा विदेशबाट आउनु हुने श्रद्धालु भक्तजनहरुले श्रद्दा र भय रहित वातावरणमा पुजा अर्चना गरी आफ्नो गन्तब्य सम्म जाने बातावरणको सृजना गर्न निर्देशन दिनुभयो । निरिक्षण भ्रमण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।