लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१६
- A
- A-
- A+
भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
मंसिर १५गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ७२ रोपनी क्षेत्रफलमा रहेका ७ हजार २ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ७ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।