लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१५
- A
- A-
- A+
भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका-५ र ८ वडाका बिभिन्न स्थानमा करिव ७७ रोपनी क्षेत्रफलमा रहेका ८ हजार गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको प्रहरी चौकी आँखी सल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-६ स्थित डाँडापाखामा करिव २ रोपनी क्षेत्रफलमा रहेको १ हजार ४ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।