लागूऔषध सहित ५ जना पक्राउ
२०८२-०८-१५
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका ११ का निशान न्यौपाने र एक जना बालकलाई ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवा र डोरियाबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी १ का दिपेश धिमाल र पुर्ण बहादुर जोगीलाई ४ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ का दिनेश तामाङलाई ८७ क्यापसुल TRAMADOL र ८८ ट्याब्लेट SPASPAIN सहित पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।