लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-१३
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते मोरङको लेटाङ-५ स्थितमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ना ३ प २६८७ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका प्रविन राई र मोटरसाईकल पछाडी सवार उर्लाबारी-२ का सन्दिप धिमालको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानीले को. १७ प ४३८४ नम्बरको मोटरसाईकल चालक तेह्रथुम ओयाक्जुङ गाउँपालिका-३ का संजिव ढकाल र मोटरसाईकल पछाडी सवार भारतीय नागरिक अब्दुल इकरामलाई ०.५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको इटहरी-१ बाट प्रहरी चौकी तरहराले सोहि स्थानका पुनम राईलाई ३ किलो २ सय ग्राम गाँजा सहित उनकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।