लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-०८-१२
- A
- A-
- A+
इलाम र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ११ गते इलामको इलाम नगरपालिका-७ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ८ ग्राम ०७० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका छिरिङ दोर्जे लामा, इलाम-६ का केशब दाहाल, मौसम राई र इलाम- ५ का सौरभ लुङ्गेली मगरलाई पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का तुलाराम देवानलाई प्रतिबन्धित औषधी ट्रामोल २ सय क्याप्सुल, डाईजी २०४ ट्याब्लेट र हेल्थी लाईफ ५२ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।