लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८२-०८-११
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-१ का कुमार गौतम र मोरङ उर्लाबारी-८ की ललिता धिमाललाई ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोहि दिन वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर-५ स्थिबाट भारत मध्येपुरका नरेश पासवानलाई ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का प्रफुल्ल राजवंशीलाई ४ ग्राम सहित र अस्थायी प्रहरी पोष्ट बसपार्कले अर्जुनधारा- १ का प्रदिप घिमिरे र मेचिनगर-१५ का युवराज लिम्बुलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको दुहबी-१० स्थितबाट १० ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित भारतीय नागरिक मो. हैदर मिया, सिन्टु कुमार पासवान, सुमित कुमार पासवान र गौरव झालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी (सिमा), लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान-६ का कर्ण बहादुर भण्डारीलाई ०.४३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।