प्रतिबन्धित लागू औषध सहित ६ जना पक्राउ
२०८२-०८-०५
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ४ गते प्रतिबन्धित लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१ का भक्त बहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनिराज राईलाई विराटनगर-१५ स्थितबाट ६ सय ९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुनेले धरान-६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे-१ का दावा शेर्पा र सुरज राईलाई ५ सय ९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नडहाले बराहक्षेत्र-३ स्थितबाट सप्तरीका लालदेव रजकलाई ४० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।