प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०८-०५
- A
- A-
- A+
लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको सुन्दर हरैँचा नगरपालिका-१२ का ३९ बर्षीय राजु बि.क.लाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंसिर ५ गते विराटनगर महानगरपालिका-१६ स्थितमा को. ३८ प २३१७ नम्बरको मोटरसाईकलमा भारतबाट आउदै गरेका बि.क.लाई चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखेको १ सय ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।