बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद
२०८२-०८-०५
- A
- A-
- A+
मोरङको पथरीशनिश्चरे नगरपालिका-४ स्थित खेतमा बेवारिसे अवस्थामा रहेको ठुलो परिमाणको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ । मंसिर ४ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-४ स्थित धान खेतमा परालले छोपेर राखेको बेबारिसे अवस्थाको प्रतिबन्धित औषधी ट्रामाडोल ४९६० ट्याव्लेट र नियन्त्रित औषधी रेसिस्पास ४९५० ट्याब्लेट बरामद गरेको हो । उक्त औषधी बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोज तलास भईरहेको छ ।