लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०८-०४
- A
- A-
- A+
झापा, सुनसरी र धनकुटा जिल्लाबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०३ गते जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका-३ बाट मे. ८ प ८१४० नम्बरको मोटरसाईकल चालक झापा गाउँपालिका- ५ का अडसाद अलीलाई ६३ ग्राम ०२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान- ४ बाट अस्थायी प्रहरी चौकी पत्रङबारीले सोहि स्थानका अनिल राईलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर र प्रहरी चौकी हिले धनकुटाले उदयपुर बेलका नगरपालिका-९ का अर्जुन कार्कीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।