लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-०४
- A
- A-
- A+
मोरङ, ताप्लेजुङ र धनकुटाबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन । मंसिर ०३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फुङलिङ नगरपालिका-२ का सन्तोष लिम्बु र फुङलिङ-४ का जापान लिम्बुलाई निषेधित औषधी ८८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी (सिमा)ले केराबारी गाउँपालिका-७ का राम बहादुर तामाङ, केराबारी-६ का मोहन राई र मिलन तामाङलाई निषेधित औषधी ३५ ट्याव्लेट सहित पक्राउ गरेको छ भने धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाँउपालिका-१ बाट वेवारिसे अवस्थामा रहेको प्रदेश नम्बर-१०२-०४४ प ७४५२ नम्बरको मोटरसाकलबाट ८ किलोग्राम गाँजा बरामद गरेको छ ।