प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०८-०३
- A
- A-
- A+
लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । मंसिर २ गते मोरङको विराटनगर महानगरपालिका-१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर-८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर-१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १४० ग्राम १८ मिलिग्राम बरामद भएको हो ।
यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-११ बसपार्क स्थितबाट भारत अररियाका २८ बर्षीय मो. मोजाहित र २० बर्षीय राज कुमार दासको साथबाट १५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।