लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-०२
- A
- A-
- A+
झापा र मोरङबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०१ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बिक्रि वितरण भईहेका भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका यसराज राजवंशीलाई २ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका-११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागू औषध सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी गडेरिया मोरङले धनपालथान गाउँपालिका-१ बाट बेवारिसे अबस्थामा रहेको ५ किलोग्राम १६२ ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।