ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पती पक्राउ
२०८२-०८-०१
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी-१२ का नसिव फार्मेसी संचालक ५० बर्षीय नसिव नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको प्रतिवन्धित औषधी ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको हो । उक्त परिमाणको लागू औषध बरामद भए सगै चौधरी र उनको श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।