बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद
२०८२-०७-३०
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । कार्तिक २८ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT), इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान-४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को. ३० प ४५४४ र बा. ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद छ । यसै गरी बिशेष सुचनाको आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थितमा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ । गाँजा बरमद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।