प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०७-३०
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले कार्तिक २९ गते चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगर सहित, मकवानपुरका प्रशान्त सेङतान र राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी लागू औषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी-१३ स्थितबाट २५ किलोग्राम गाँजा सहित इटहरी-१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।