अवैध गाँजाको बिट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०७-२८
- A
- A-
- A+
भोजपुर जिल्लाको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रेको तथा रोपिएको अवैध गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । कार्तिक २८ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा रहेको १ हजार १ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ ।