कोशी प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङ जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०७-२४
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । कार्तिक २४ गते जिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहेता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुने सम्पूर्णमा विश्वास दिलाउनु भयो । साथै वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो भने समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सचेतना अभिबृद्धि गर्नको निम्ति स्थानिय संचारकर्मी तथा संचार माध्यमहरुलाई अनुरोध समेत गर्नु भएको थयो । कार्यक्रममा नगर प्रमुख भट्टराईले समाजमा शान्ति तथा सुरक्षा सुदृढ गर्न स्थानीय सरकार सदैव सक्रिय र सहकार्यपूर्ण रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।