लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०७-२३
- A
- A-
- A+
झापाको दमक नगरपालिका- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २२ गते अपरान्ह लागू औषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाईकलमा सवार रहेका दमक-५ का २५ बर्षीय निराज सापकोटा र दमक-९ का २५ बर्षीय अरुण रोक्कालाई संका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट ८ ग्राम १५ मिलिग्राम ब्राउन सुगर र नगद ३५ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।