लागू औषध गाँजा बरामद
२०८२-०७-२२
- A
- A-
- A+
सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डबाट लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । कार्तिक २१ गते राती ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट गाँजा २ सय ५७ किलो ४५ ग्राम बरामद गरिएको छ । उक्त गाडी चालकको खोजतलास तथा अनुसन्धान भइरहेको छ ।