लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०७-२२
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका- ७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका- १० का २२ बर्षीय रोहित कटुवाललाई १ ग्राम १११ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।