लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जना पक्राउ
२०८२-०७-२०
- A
- A-
- A+
मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते राती बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका- ३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।